काठमाण्डौंः बुधवार बस्ने गरि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार दिउसो १ बजेबाट बसेको बैठकले अध्यक्षले गरेको प्रस्तावमाथि छलफल गर्न बुधवार पुनः बस्ने गरि सकिएको हो ।
मंगलवारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तावमाथि छलफल सुरु भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । “दुई प्रस्तावमा मंगलवारबाट सुरु भएको छ”उनले भने, “उहाँहरुको प्रस्तावमाथि छलफल गर्नका लागि बुधवार पुनः १ बजे बैठक बस्छ ।”
मंगलवारको बैठकमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले आफ्नो धारणा राखेको उनले बताए । “बैठकमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले आङ्ग†नो धारणा राख्नुभयो । अन्य नेताहरुले पनि केही सामान्य धारणा राख्नुभएको छ” उनले भने ।
पार्टीभित्रको विवाद समाधान गर्नुपर्ने सबैको एकमत रहेको उनले बताए । “विवाद समाधानका लागि औपचारिक र अनौपचारिक दुवै छलफललाई तिव्रता दिनेछ”, उनले भने, “पार्टीमा देखिएको संकट समाधान र पार्टी एकताको रक्षाको गर्नतर्फ बैठक केन्द्रित रह्यो ।”
यस्तै मंसिर १८ गते तोकिएको नेकपा स्थायी कमिटीको बैठक पूर्वनिर्धारित समयमै बस्ने उनले बताए । स्थायी कमिटीको बैठकको बिषयमा अहिलेसम्म अर्को निर्णय भइसकेको छैन । पूर्वनिर्धारित समयमै बस्छ उनले भने । बैठकको शुरुमा महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ६२ औँ जन्मोत्सवका अवसरमा शुभकामनासहित केक काटेर प्रधानमन्त्री एवं अध्यक्ष ओली, कार्यकारी अध्यक्ष दाहालसहितका नेताहरुले शुभकामना दिइएको थियो ।










